काठमाडौं, चैत्र १ । कोरोना भाइरस (कोभिड १९) अझैसम्म प्राणघातक रोग बनिसकेको छैन, तर यो पहिलो वास्तविक सूचनाको महामारी बनिसक्यो। सामाजिक सञ्जाल र मुलधारमा सूचनाको बाढी नियालेपछि विश्व स्वास्थ्य संगठनले फेब्रुअरी २ मा पहिलोपटक यसलाई इन्फोडेमिक अर्थात् सूचनाको महामारी घोषणा गर्यो।
किन यहाँ सूचनाको यति धेरै प्रचुरता देखिएको छ ? जवाफ हो – मानिसमा देखिएको यसप्रतिको अत्यधिक भोक। अहिलेको समय नदेखिने सुक्ष्म जिवाणुका कारण मानिसहरु त्रसित छन् र यो साँचो हो, संक्रमणभन्दा त्रास चाडों फैलन्छ।
विश्वभर कोभिड–१९ तीव्र गतिमा फैलिरहेको छ र मानिसहरु यसबारे सूचना लिन आतूर छन्। त्यस्तो सूचना जसले उनीहरुको त्रासलाई कम गर्न सकोस्। यो सामाजिक सञ्जाल र चौबिसै घण्टा समाचार आउने युग हो।
सूचनाको बाढी
मानिसमाथि सूचनाको बमबारी भइरहेछ, चाहे त्यो काम लाग्ने होस् वा नहोस्। महामारीको समय यस्तो सूचनाले आतंकित पार्छ। सामाजिक सञ्जालका पोस्टले मानिसको समाचारप्रतिको भोकमात्रै होइन उनीहरुको त्रास पनि बढाउँछन्। केही सूचना सही हुन्छ। यसले जागरण बढाउँछ। तर त्यहाँ गलत सूचनाहरु पनि हुन्छ। यस्ता सूचना नाटकीय हेडलाइन्ससहित आउँछन्, जसले त्रासको पाटोलाई बढावा दिन्छ। यो चिन्ताजनक छ।
यसअघि सार्स, स्वाइन फ्लु, बर्ड फ्लुलगायतका संक्रमणले पनि खतराको घण्टी बजाएका थिए। तर कोरोनाले ल्याएको जस्तो विश्वव्यापी चिन्ता उनीहरुका कारण थिएन। यो पनि साँचो हो कोभीड–१९ को संक्रमण फैलने गति र परिमाणसँग ती कुनै पनि भाइरसको तुलना हुनसक्दैन। तर, कोभिड–१९ प्राणघातक होइन। त्यसैले त्रास बढाउन मिडिया विशेषगरी सोशल मिडियाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
‘गलत सूचना र फेक न्यूजमार्फत सिर्जित सामाजिक संक्रमण र जैविनक संक्रमणबीचको सम्बन्ध अहिलेको आधुनिक महामारीको मुख्य विशेषता हो,’ अमेरिकाको बोस्टानस्थित नर्थइस्टर्न युनिभर्सिटी कलेज अफ साइन्सअन्तर्गत नेटवर्क साइन्सका विजनेश प्रोफेसर स्यामुयल स्कार्पिनो भन्छन्।
सामाजिक सञ्जाल र फेक न्यूज
विश्व स्वास्थ्य संगठनका डिजिटल विजनेश सोलुसन्स म्यानेजर एन्ड्रियु पटिसनले सिलिकन भ्यालीस्थित ठूला टेक कम्पनीहरुको भ्रमण गरेका छन् – गलत सुचनाको बाढी रोक्नका लागि सहयोग खोज्न। गलत समाचार फैलने दर नियन्त्रण बाहिर पुगिसकेको यसले देखाउँछ।
पाटिसन भन्छन्, ‘भाइरसबारेको गलत सूचना र गलत जानकारी भाइरसभन्दा पनि तिव्र गतिलमा फैलिरहेको छ। साँच्चैको भाइरसले निम्त्याउने संक्रमणभन्दा यसले मानिसलाई धेरै रोगी बनाइरहेको छ।’
केही सोशल मिडियाले यसबारे तीव्र कदम चालिरहेका छन्, उनीहरुले झुटा समाचार र शंकाका सिद्धान्तलाई आफ्ना साइटबाट हटाएका छन्। यो राम्रो पक्ष हो।
जब मानिसहरु त्रस्त छन्, यस्तो अवस्थामा वास्तविक सूचना सबै मिडिया प्लेटफर्मबाट उपलब्ध गराउनुपर्छ। सूचनाको खडेरीले अर्ध–सत्य, शंका, जादुयी रोकथाम तथा उपचारको ढोका खुला राख्छ, यो विध्वंशकारीमात्रै हुन्छ। राम्रो विकल्प भनेको सोशल मिडियामा आउने हरेक सूचनाका अंशको फ्याक्ट– चेक (वास्तविकता परीक्षण) गर्ने हो। वास्तविक स्तरको सरोकार आवश्यक छ, पीडादायी चिन्ता होइन। (एजेन्सी/गल्फ न्युजबाट)


























