फागुन ३० । भारतमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै रोहित शेट्टी निर्देशित चलचित्र ‘सूर्यवंशी’ को रिलिज अनिश्चित बनेको छ।
चलचित्रका अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा दर्शकको स्वास्थ्य र सुरक्षाको ख्याल राख्दै हामीले चलचित्रको रिलिज मिति सारेका छौँ। अब यो चलचित्र सही समय आएलगत्तै रिलिज हुने छ। किनभने अहिले सुरक्षाको विषय महत्वपूर्ण छ। ’
यसअघि दिल्लीको अरविन्द केजरीवाल सरकारले मार्च ३१ सम्म शहरका सबै सिनेमाघर बन्द गर्ने घोषणा गरेका थिए।
यो चलचित्र मार्च २४ मा प्रदर्शनको तयारी थियो।
Facebook Comments

























