चितवन, फागुन २६। कोरोना भाइरस संक्रमणको प्रभाव होलीमा देखिएको छ। होलीमा प्रयोग हुने रङ र पानीले सरुवा रोग सर्न सक्ने चिकित्सकको चेतावनीपछि चितवनमा रौनक नदेखिएको हो।
यसअघि होलीका वर्षहरुमा चितवनको नारायणी नदी किनार लगाएत विभिन्न स्थानमा जमघट हुने, पानी छ्याप्ने, विभिन्न कार्यक्रम हुनेलगायतका गतिविधि हुँदै आएका थिए।
कोरोनाको प्रभावले होला सडकमा अघिल्ला वर्षजस्तो होली खेल्नेहरु छैनन्। पारिवारिक रुपमा मर्यादित रुपमा खेलेका छन्। यसअघि होलीका क्रममा इच्छाविपरीत र अमार्यादित रुपमा होली खेल्ने पक्राउसमेत पर्दै आएका थिए।
चितवनका सडकमा सवारी साधन कम गुडेका छन्।
Facebook Comments


























