इटली, फागुन २६ । इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ।
इटलीमा कोरोनाको संक्रमण दर २५ प्रतिशतले बढेको छ। कोरोना संक्रमण न्यूनीकरणका लागि इटलीले लोम्बडी र १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारेन्टाइनअन्तर्गत यात्रका लागि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। तथापि, संक्रमण र मृत्युदर कम हुनुको साटो बढ्दै गएको छ।
यसअघि इटलीमा कोरोना संक्रमितको संख्या बढेर ७ हजार ३ सय ७५ पुगेको छ। यो यसअघिको संक्रमणदरभन्दा २५ प्रतिशतले बढी हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उच्च व्यक्तिहरूलाई समेत कोरोना भेटिएको छ। यो सूचीको पहिलो नम्बरमा इटलीका सेना प्रमुख पनि छन्। यद्यपि, उनले स्वास्थ्यलाभ गरिरहेको बताएका छन्।
फ्रान्स, जर्मनी, डाइमन्ड प्रिन्सेस, स्पेन, अमेरिका, जापान, स्विट्जरल्यान्ड, बेलायत, नेदरल्यान्डलगायतका देश पनि कोरोनाको कहरसँग जुधिरहेका छन्।


























