चीन, फागुन २५ । चीनको फुजियान प्रान्तमा शनिवार राति होटल भत्केपछि मर्नेको संख्या १० पुगेको छ। भग्नावशेषबाट ४८ जनालाई निकालिएको छ भने २३ जना अझै च्यापिएका छन्।
उक्त होटल कोरोनाभाइरस लागेकहरूलाई क्वारेन्टाइनमा राख्न उपयोग गरिएको थियो। क्वान्चो शहरमा रहेको सिनजिया होटेल बेलुका सबा ७ बजेतिर भत्केको थियो।
प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार भवन भत्किँदा त्यहाँ साजसज्जा चलिरहेको थियो। भवन मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एजेन्सी
Facebook Comments

























