कास्की, फागुन २३ । पोखराबाट प्रहरीले नियन्त्रित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–८ न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास नगरपालिका–८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनको साथबाट प्रहरीले नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीले गुरुङले चलाएको ना.१६ प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























