गोरखा, फागुन २३ । जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटमा रहेको प्रभा माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ।
विगत तीन दिनदेखि उनीहरुलाई यस्तो समस्या देखिएको हो। यतिबेला कोरोनाको हल्ला विश्वभरि फैलिरहेको अवस्थामा यहाँका विद्यार्थीमा देखिएको रुघाखोकीको समस्याले अरु विद्यार्थीहरु विद्यालय आउन डराइरहेका छन्।
रुघाखोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने र कतिपयमा ज्वरो पनि आउने भएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा नै स्वास्थ्य टोली पठाएर उपचार गराएको थियो।
मौसम परिवर्तनका कारण यस्तो समस्या देखिए पनि डराउनु पर्ने अवस्था नरहेको बताइएको छ। अहिले जिल्ला अस्पतालबाट डाक्टर सफल सुवेदी नेतृत्वको स्वास्थ्य टोली पनि प्रभावित क्षेत्रमा तयारीमा छ।
Facebook Comments


























