काठमाडौँ, फागुन २२ । कोरोना भाइरसको कारण बजारमा मास्क अभाव हुन थालेपछी सरकारले सक्रियता देखाउन थालेको छ। मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ।
बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे।
मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ। त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको पनि उनले बताए। विभागले बिहीबार पनि बजार अनुगमन गरिरहेको छ।
Facebook Comments


























