अष्ट्रेलिया, फागुन २२ । अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ। क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो। बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो।
निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए। उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थीए। अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरिएको छ।
Facebook Comments























