काठमाडौं, फागुन २२ । सामान्यतया स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्ने चिकित्सकहरु बताउँछन्।
किनकी महिलाले लगाउने कण्डमबाट तल्काल सुखभोग गर्न मिल्दैन। कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ।
अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ। म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन।
यसले विभिन्न संक्रमण निम्त्याउन सक्छ। सुखभोगपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ।
याद गर्नुपर्ने कुरा के छ भने, पुरुष कण्डम जस्तै स्त्री कण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन।
सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नुपर्दछ। महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ।
पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुँदा केही महङ्गो पनि हुन्छ। महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोग गर्न सके नचाहाँदा/नचाँहादै बच्चा जन्मने खतरा कम हुन्छ।
पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएको गुनासाहरु आइरहँदा महिला कण्डम उपयुक्त हुन सक्ने तथ्यलाई नकार्न सकिने अवस्था छैन।
























