काठमाडौं, फागुन २१ । साताको चौंथो दिन बुधबार सुनको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सयले बढेर छापावाला सुन प्रतितोला रु ८० हजार ५०० मा कारोबार भइरहेको छ।
यस अघि मंगलबार सुन प्रतितोला रु ७८ हजार ३०० मा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुनको मूल्य आज ८० हजार २०० कायम गरिएको छ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज, चाँदीको मूल्य तोलामा रु २० ले बढेर प्रतितोला ८८० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ।
Facebook Comments


























