फागुन २० । श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ। राष्ट्रपति राजपक्षले सोमबार संसद भंग गरेका हुन्।
संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन्। सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका थिए।
वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो। श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो।
सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र शुरु हुनेछ।
२ वर्ष अघि पनि प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका थिए।

























