लमजुङ, फागुन १७ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन गुरूङ चयन भएका छन्। लमजुङको पसगाउँमा भएको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला), महासचिवमा रोशनी गुरुङ, सचिवमा चित्र गुरुङ र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरुमा मणिलाल गुरुङ, सीता गुरुङ, गजेन्द्र गुरुङ, रोहित गुरुङ, नविन गुरुङ, मीना गुरुङ, केशव गुरुङ, कुमार गुरुङ, खिमा गुरुङ र किरण गुरुङ चयन भएका छन्। गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो।
Facebook Comments


























