काठमाडौं, फागुन १६ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने गरी फिल्म ‘जारी’ निर्माण हुने भएको छ। योसँगै फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिएको छ।
आउँदो वर्षको जेठ २३ गते रिलिज हुने गरी फिल्म निर्माण हुन लागेको हो। निर्देशन रामबाबु गुरुङले यो फिल्ममा लगानी गर्नेछन्। गुरुङले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन्।
फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका हुनेछ। साथै फिल्ममा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रेखा लिम्बु, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको समेत अभिनय रहेछ।
यस्तै फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन्।
Facebook Comments


























