काठमाडौं, फागुन १३ । बलिउडमा आफ्नो दमदार आवाज र अभिनयमार्फत् दशकौंसम्म प्रशंसकको मन जित्न सफल नायक डेनीको आज जन्मदिन हो। डेनी आज आफ्नो ७२ औं जन्मदिन मनाइरहेका छन्। डेनीको नाम बलिउडको सबैभन्दा खतरनाक भिलेनमा समावेश छ। डेनीको वास्तविक नाम छिरिङ फिन्त्सो डेन्जोङ्पा हो। उनको जन्म सिक्कीममा भएको हो। उनी बाल्यकालदेखि नै भारतीय सेनामा भर्ती हुन चाहन्थे तर आमाले उनलाई यसो गर्न दिइनन्।
सायद तपाईंलाई थाहा नहोला कि फिल्म ‘शोले’ मा गब्बर सिंहको भूमिकाका लागि डेनीलाई प्रस्ताव गरिएको थियो तर उनले अस्विकार गरे। उनको जन्मदिनको मौका पारेर उनीबारे केही जानकारी लिऔंः
‘शोलेमा काम गर्न अस्विकार गरेका थिए’
फिल्म जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल डेनीले आफ्नो करियरमा थुप्रै हिट फिल्ममा काम गरे। भारतीय सिनेमामा अत्यधिक सफल मानिने फिल्म शोलेमा उनलाई काम गर्नका लागि प्रस्ताव गरिएको थियो। उनले अस्विकार गरेपछि मात्रै अमजद खानले गब्बर सिंहको भूमिका निभाएका थिए। वास्तवमा, त्यतिबेला डेनी फिल्म ‘धर्मात्मा’ को सुटिङ गरिरहेका थिए। त्यसै कारण उनले शोलेमा काम गर्न अस्विकार गरिन्।
डेनीले ‘अग्निपथ, हम, अन्दर बाहर, चुनौती, क्रान्तिवीर, अन्धा कानून, घातक र इन्डिन’ जस्ता फिल्ममा भिलेनको भूमिका निभाए। यस्तै, धर्मात्मा, खोटे सिक्के, चाइना गेट, अशोका, मेरे अपने र काला सोनाजस्तो फिल्ममा सह–कलाकारको रुपमा देखिएका छन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











