काठमाडौं, फागुन १० । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ।
शुक्रबार निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो। जहाँ दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो। शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ। बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ। चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन्।
धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ।
शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ।


























