सुर्खेत, फागुन ९ । सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई पक्राउ गरेको हो।
चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत सो रकम लिएको अख्तियारले जनाएको छ।
उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो। अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।
Facebook Comments


























