चितवन, फागुन ९ । चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार सो प्रजातिको चरा भेटेकाहुन्।
जाडो छल्नका लागि मङ्गोलिया, जापानलगायतका देशबाट भारत हुँदै यो चरा नेपालमा आउने गरेको विडारीले बताए। छिपछिपे पानीमा पाइने पूर्वीय कुलबारी चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमो पहिलोपटक भेटिएको उनले बताए।
सो चरा जाडो छल्न नेपाल आउने गरेको भए पनि अण्डा पार्न र बच्चा कोरल्न भने मङ्गोलिया तथा जापान नै पुग्ने बताइएको छ। नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ। नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ। रासस
Facebook Comments

























