काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्याएका छन्। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याए। उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए।
करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन्।’
Facebook Comments


























