मेलबर्न, फागुन ७ । अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ।
मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन्। एकजना पाइलट र यात्री बोकेका ती दुई विमान जमिनबाट १ हजार २ सय मिटरको उचाइमा ठोक्किन पुगेका थिए।
प्रहरीका अनुसार दुबै विमान वैधानिक रुपमा नै आकाशमा उडेका थिए। यद्यपि घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलका तस्बीरमा विमानका भाग टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ।
दुर्घटनाग्रस्त विमानमध्ये एक नजिकैको धावनमार्गबाट उडेको भएपनि अर्को विमान कहाँबाट उडेको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ।
विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।
Facebook Comments


























