काठमाडौँ, फागुन ६। विप्लव नेतृत्वको नेकपाले (फागुन ७ गते) भोली कुनैपनि बन्दको कार्यक्रम नरहेको जनाएको छ। सामाजीक सञ्जालमा बन्दको हल्ला फैलीएपछी बिप्लवले विप्लव नेकपाका नेताहरुले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन्।
भोलि नेपाल बन्दको सर्वत्र हल्ला चलेपछि बिप्लवका नेताहरुले सो स्पष्टिकरण दिएका हुन्।
विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ।
Facebook Comments






















