चितवन, फागुन ६ । पूर्वी चितवनमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। कालिका नगरपालिका ६ कमल चोकका ५८ बर्षिय रामचन्द्र दुवाडीको रुखबाट खसेर मृत्यु भएको हो।
आज दिउसो उदयपुर सामुदायीक वनमा बाख्रालाई घाँस काट्न गएका उनको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
Facebook Comments

























