काठमाडौं, फागुन ५ । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफे कानुन्, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि यो मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए।
तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामापछि रिक्त पदमा तुम्बाहाङफेले दाबी गरेकी थिइन्। तर, नेकपा शीर्ष नेतृत्वबीच अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय भएको थियो। एकै पार्टीबाट सभामुख र उपसभामुख बन्न संविधानले नदिएपछि उनले राजीनामा दिएकी थिइन्।
Facebook Comments






















