फागुन ४ । भारतको चर्चित तथा विवादित टेलिभिजन रियालिटी शो बिग बोस १३ को उपाधि सिद्धाथए शुक्लाले जितेका छन्। टेलिभिजन क्षेत्रका चर्चित अभिनेता शुक्लाले बिग बोसको सबैभन्दा चर्चित तथा विवादित सिजनको उपाधि जितेका हुन्।
उनले उपाधिसँगै ५० लाख भारु तथा कार जितेका छन्। साढे चार महिना चलेको रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी थिए। शुक्लाले आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडालाई पछि पारेका हुन्।
फाइनलमा सबैभन्दा पहिले बाहिरएका छाबडाले १० लाख भारु लिएर आफूलाई विजेता बन्ने होडबाट हटाएका हुन्। त्यसपछि मतको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल बाहिरिए।
फाइनलमा यो शो को सबैभन्दा चर्चित जोडी थिए, सिद्धार्थ शुक्ला र आसिम रियाज। शोमा यी दुईबिच पहिले मित्रता र त्यसपछि दश्मनी देखिएको थियो।
Facebook Comments

























