काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफू नेतृत्वको सरकारलाई अझै ‘अनवान्टेड गेस्ट’जस्तो ठानेको बताएका छन्। ‘म उनीहरुलाई स्पष्ट हुन आग्रह गर्दछु, यो सरकार कसैको दयामायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, अनवरत र कठोर संघर्ष, अनि जनताको लोकप्रिय मत, विश्वास र जनादेश हासिल गरी स्थापित भएको सरकार हो। यो सरकार देश र जनताका सर्वोत्तम हितहरुको प्रतिनिधित्व गर्ने सरकार हो’, उनले प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा भने, ‘यस्तो पनि सुनेको छु– यो सरकारले खोइ के नै नयाँ काम गर्यो र ? पुरानैको लिपापोती न हो। सरकार भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्था हो। विरासतमा प्राप्त तमाम बेथितिलाई ठीक गर्ने र अपुरा अधुरा काम पनि पूरा गर्ने यसकै दायित्वभित्र पर्छ। मैले बेथितिलाई ठीक गर्न सरकारले चालेका कदमहरु र अधुरा अपूरा कामलाई समयमै सक्न थालिएका प्रयासको बारेमा यस अघि नै चर्चा गरिसकेको छु।’
सरकारलाई ‘अनवान्टेड गेस्ट’ जस्तो ठानेका छन्: प्रधानमन्त्री
Facebook Comments


























