काठमाडौँ, फागुन ३ । चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन नेपाली जहाज केहीबेरमा वुहानका लागि प्रस्थान गर्दैछ। चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई स्वदेश ल्याउन शनिबार दिउँसो वायु सेवा निगमको विमान चीनतर्फ प्रस्थान गर्ने तयारी भइरहेको छ।
उनीहरुलाई आजै राति नेपाल पुर्याइने तयारी छ। विद्यार्थीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गर्ने छ।
नेपालबाट चीन जाने टोलीमा कमाण्डर पाइलट यावर कमल, पाइलट महोमद आरिफ, कोपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एक जना डिस्पाचर, एक जना लोडमास्टर र चार जना नेपाली सेनाका डाक्टर रहेका छन्।
चीनबाट फर्केको विमान विमानस्थलमा अवतरण गरेपछि सिधै हेलिकोप्टर पार्किङ वेको रिमोट पार्किङस्थमा लगिने छ र उद्धार गरेर ल्याइएका विद्यार्थीहरुलाई कसैसँग भेट्न नदिई भक्तपुरको खरिपाटीस्थित क्वारेण्टाइनमा पुर्याइने छ।
१४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनीहरुको दैनिक स्वास्थ्य परीक्षण गरिने छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











