तनहुँ, माघ २९ । बिभिन्न किसिमका प्रतिबन्धित लागूऔषधसहित आँबुखैरेनी प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा संकास्पद स्कुटरलाई नियन्त्रणमा लिँदा लागूऔषध भेटिएको हो।
मुग्लिङ्गबाट डुम्रेतर्फ जाँदै गरेको ग १७ प ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा गाउँपालिका-१ सत्र सयस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट लम्जुङ सुन्दरबजारका ३० वर्षीय आइते तामाङ र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने सुजन तामाङ पक्राउ परेको प्रहरी निरीक्षक सुवेदीले बताए।
सुजन तामाङले बोकेको झोलाबाट लागूऔषधहरु डाइजेपाम ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरी १६६ थान लागूऔषध बरामद गरिएको उनले बताए। स्कुटरसहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहको उनले बताए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











