माघ २९। प्रेम दिवसको अवसर पारी मधु लामाले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। लामाको स्वर रहेको जाउँन सरर… बोलको गीत डस म्यूजिक नेपाल प्रा ।लि बाट सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा डिपी खनालको शब्द साथै मनोज थापा मगरको संगीत रहेको छ। गीतको भिडियोको निर्देशन लामा स्वयमले गरेका छन् भने संगीतकार मनोज थापा मगर र रक्षा बस्नेत प्याकुरेलको अभिनय रहेको छ। द भोइस अफ नेपाल सिजन २ मा आफ्नो प्रस्तुती बाट स्रोता र दर्शकको मन जितेको लामाले यस गीतमा फरक प्रस्तुती रहेको जानकारी दिएका छन्।

Facebook Comments

























