माघ २४ । कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ।
चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण भएको हो।
जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए।
यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सोधपुछ गरेको थियो। यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अफवाह फैलाएको आरोप लगाएको थियो। कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए। उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए।
डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए। डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चेतावनी दिएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ। संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











