काठमाण्डौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाछचार मुद्दा चलाएको प्रति आपत्ति जनाएको छ।
कांग्रेसले बिहीबार संसदमा राजनीतिक आस्थाका आधारमा फसाइएको भन्दै संसद बैठक अवरुद्ध गरेको हो। कांग्रेसकी सचेतक पुष्पा भुसालले बैठकको सुरुमै अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ बनेको भन्दै विरोध जनाइन्।
कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि बैठक शुक्रबार दिउँसोसम्मका लागि स्थगित भएको छ।
Facebook Comments

























