माघ, २० । खेल भनेको हारजीत मात्रै होइन, भावना पनि हो। जापानी सुमो रेस्लर तोकुसोर्यु अहिले यही खेल भावनाका कारण इन्टरनेटमा छाएका छन्। एक साताअघिसम्म तोकुसोर्युलाई धेरैले चिन्दैनथे। तर अहिले जापानभर उनैको चर्चा छ।
सुमो रेस्लिङका पारखीहरूले संसारको कुना-कुनाबाट उनलाई बधाई दिइरहेका छन्। सबैलाई चकित पार्दै गतसाता भएको सुमोको मेजर टुर्नामेन्टको टाइटल जितेपछि अहिले तोकुसोर्युलाई भ्याइ–नभ्याइ भएको छ।
उनीसँग अन्तर्वार्ता गर्न चाहने पत्रकारहरूको लाइन लागेको छ। ३३ वर्षीय यी रेस्लरले ग्र्यान्ड सुमो टुर्नामेन्टको फाइनलमा आफ्ना प्रतिस्पर्धीलाई नराम्ररी पछारे। ओजिकी नामका ती प्रतिस्पर्धी हार्लान् भनेर अरू त अरू, स्वयं तोकुसोर्युलाई समेत शंका थियो।
जीतपछि आँखाभरि आँसु पार्दै उनले आफ्नो सपना साकार भएको बताएका थिए। ‘सपनाजस्तो लागिराखेको छ। हावामा उडिराखेको जस्तो भएको छ’, सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले आँफैलाई जितेको हुँ। सबैथोक भुलेर खेलमा ध्यान दिँदाको नतिजा प्राप्त भएको छ।’
११ वर्षको करियरमा उनी जहिल्यै दोस्रो चरणबाट बाहिरिँदै आएका थिए। जीतलगत्तै १८८ किलो तौल भएका तोकुसोर्युले दिएको प्रतिक्रियाले उनको खेलप्रतिको लगाव र भावना झल्काउँथ्यो।
‘मलाई अस्तिसम्म केही कुराको होस थिएन, खेलमा त्यतिबिघ्न केन्द्रित थिएँ’, उनले भने, ‘तर म टाइटल जित्दा अलिक बढ्तै पो रोएँ कि ? त्यस्तो किन भयो भने, ‘त्यस क्षण मैले सबै किसिमको तनाव र दबावबाट मुक्ति पाएको महशुस गरेको थिएँ।’














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











