काठमाण्डौं, माघ १९ । फिल्म ‘लभ डायरिज’ मा समावेश ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा अहिलेका चर्चित यवा गायक प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्दलाई मानस विक्रम थापाले लेखेका हुन्। यस्तै गीतमा प्रविण पौडेलको संगीत सुन्न सकिन्छ।
रोमान्टिक गीतको भिडियोमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमालको अभिनय देख्न सकिन्छ।
फिल्मको कुरा गर्नुपर्दा ‘लभ डायरिज’ लाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सौरभ चौधरीले निर्देशन गरेका हुन्।
प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ। रिलिजअघि यो फिल्मले राम्रो चर्चा कमाएको छ।
Facebook Comments


























