माघ १९ । नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामृत्यु चाहन्छन्। नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन्।
ती दुईले एक रिपोर्टको हवाला दिँदै ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिए। गम्भीर रुपमा बिरामी भएर मर्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ।
उक्त रिपोर्टलाई भ्यान विजगार्डेन कमिशनले तयार गरेको हो। जोंगका अनुसार यो सरकार र समाजका लागि ठूलो सामाजिक मुद्दा भएको र यो देश, सरकार र समाजका लागि ठिक नभएको बताएका छन्।
उनले भने, ‘हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ। कुनै परिस्थितीवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरुलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ। यसबाहेक, सरकारले ७५ वर्ष माथिका व्यक्तिका लागि इच्छामृत्यु दिनेबारे विचार गर्नुपर्छ।’ एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











