काठमाण्डौं, माघ १६ । काठमाण्डौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको छ । उनिसँगै अरु २ जना पनि पक्राउ परेका छन।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले खड्कासँगै बिज्रगोपाल श्रेष्ठ र नवल ठाकुरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको खुलेको छ।
एक महिलाले देहव्यापार गरेको उजुरी दिएपछि प्रहरीले सानेपाको एक होटलमा छापा मारेर गत शुक्रबार उनिहरुलाई नियन्त्रणमा लिएको ललितपुरका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए।
पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का बासिन्दा हुन्।
Facebook Comments


























