कास्की, माघ १० । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें) लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो।
अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए। मिलनलाई मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए।
Facebook Comments


























