माघ ७ । पाकिस्तानका केही प्रान्तमा गहुँको पिठोको चरम संकट देखिएको छ। जसका कारण मानिसले रोटीसमेत खान नपाएको बिबिसीले जनाएको छ।
आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा नान रोटीका दोकानहरू बन्द हुन थालेका छन्। साथै, बलुचिस्तान, सिन्ध र पञ्जाब प्रान्तमा पनि यस्तै समस्या देखिएको समाचारमा जनाइएको छ।
पाकिस्तान सरकारले प्रान्त सरकारसँग यसबारे छलफल गरेको छ। प्रान्त सरकारले यसलाई कृतिम संकटु भनेका छन्। व्यापारीले जानीबुझी संकट सिर्जना गरेको प्रान्त सरकारहरूको दाबी छ।
नान–पसलु सञ्चालकहरू लामो समयदेखि रोटीको मूल्य बढाउने कोशिसमा थिए। उनीहरू अहिले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। तीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संकटको खास कारण पाकिस्तानीहरू दैनिक उपभोगका लागि प्रायस्जसो नान–पसलु बाट रोटी किन्ने गर्छन्। त्यहाँ दिनहुँ नानको ठूलो कारोबार हुनेगर्छ। पेशावर शहरमा मात्रै साढे २ हजार नान–पसल छन्।
पहिले–पहिले ८५ किलोको आँटाको बोरा ४ हजार रुपैयाँमा आउने गरेकोमा अहिले त्यसको मूल्य ५ हजार नाघेको छ। ग्याँस तथा अन्य सामग्रीको भाउ १७० ग्राम आँटाबाट तयार हुने रोटीलाई १० रुपैयाँमा बिक्री गर्दै आएका पसलेले १५ रुपैयाँ मूल्य कायम गर्न खोजेका थिए। तौल पनि १७० ग्रामबाट झारेर १५० ग्राम बनाउन लागिएको थियो। तर सरकारले १५ रुपैयाँ लिने भए रोटीको तौल १७० ग्राम हुनुपर्नेु शर्त राखेको छ। एजेन्सी