काठमाण्डौं, माघ ५ । नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ। नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाराको निजगढ घर भएका २७ वर्षीय अनुस थापामगर र सोही ठाउँका २२ वर्षीय रवि आलेमगर छन्। महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments