माघ ३ । भारत प्रशासित काश्मिरमा हिमपहिरोका कारण पाँच भारतीय सेनाको मृत्यु भएको छ। लगातार परेको हिमपातका हिमपहिरो जाँदा पाँच भारतीय सेनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।
हिमपहिरोमा परेर एक नेपाली सैनिक पनि परेको सेनाले जनाएको छ। हिमपहिरोमा मृत्यु हुनेमा सैनिक जवान सैनिक लक्ष्मण बिसी रहेको सेनाले जनाएको छ। त्यस्तै मृत्यु हुनेमा दुई नायक रहेका छन्। उनीहरुको नाम रामेश्वर कुमार र पुरुषोत्तम लाल हुन्। त्यस्तै चन्दबधन चौरसीया र रञ्जित सिंहको पनि मृत्यु भएको छ।
मृत्यु भएका सेना प्रति भारतका थल सेना प्रमुखमनोज मुकन्द नरवडेले मृतक सेना प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। हिमपहिरोमा परेर धेरै स्थानीयको पनि मृत्यु भएको सेनाले जनाएको छ। मृत्यु कति जनाको भएको भन्ने भने खुलाएको छैन्।
Facebook Comments


























