मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम र राजधानीको टुंगो लगाउन प्रदेशसभाको बैठक बसिरहेको छ।
बिहान ९ बजेदेखि बसिरहेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न प्रस्ताव गरेको छ। प्रस्ताव छलफल सकिएर मतदान चलिरहेको छ।
सत्तारुढ नेकपाले औपचारिक रुपमै प्रदेशको नाम बागमति र राजधानी हेटौंढा बनाउने निर्णय गरिसकेकाले प्रदेशसभाबाट प्रस्ताव पारित हुने निश्चित छ।
Facebook Comments