म्याग्दी, पुस २६ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्रको पोखरीमा पानीको अभाव भएपछि एक हजारवटा भन्दा बढी माछा मरेका छन्।
सात रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती र माछापालन सुरु गरे पनि सफा पानीको अभावमा माछा मरेको हो। सञ्चालक मीनबहादुर कार्कीका अनुसार सफा पानीको अभावमा अक्सिजन कम भएपछि माछा मरेको हो।
उक्त फर्म मीनवहादुर कार्की, गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्की लगायतका व्यक्तिहरुले करिब ११ लाख रुपैयाँ लगानीमा सुरु गरेका हुन्।
Facebook Comments


























