मुम्बई, पुस २४ । बलिउड अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनैलाग्दा एक उजुरी परेको छ। यसअघि एक मेकरले कथा चोरी भएको भन्दै उजुरी दिएका थिए।
यतिबेला भने एक वकिलले फिल्ममा क्रेडिट नदिएको भन्दै उजुरी दिएका छन्। वकिल अर्पणा भट्ट एसिड आक्रमणमा परेकी लक्ष्मीकी वकिल भएर काम गरेको बताउँदै आएकी छिन्।
उनले फिल्ममा क्रेडिट नपाएको भन्दै उजुरी दिएकी हुन्। यो फिल्म यही शुक्रवारदेखि हलमा रिलिज हुँदैछ। यसअघि पनि अर्पणाले फेसबूकमा लेखेर आफ्नो नाम नदिएको गुनासो गरेकी थिइन्।
उनले निर्माताविरुद्ध कानूनी कारवाही गर्ने पनि जनाएकी थिइन्। आफ्नो याचिकामा भट्टको दाबी छ कि, उनी कैयन् वर्षसम्म लक्ष्मीकी वकिल रहेकी थिइन् । तर फिल्ममा क्रेडिट दिइएन। उनले फिल्म प्रदर्शनमा रोक लगाउने माग गरेकी छिन्।
यो फिल्म रिलिजअघि निकै विवादमा तानिएको छ। केही दिनअघि मात्र जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले यो फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डिङ चलाएका थिए।
यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ।