चितवन, पुस २२ । खेलाडी, गीतकार एवम् राजनीतिकर्मी हरि विष्टले चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। हिजो सोमबार परेको जन्मदिनको अवसरमा नेपाल तरूण दल सुर्खेतका अध्यक्षसमेत रहेका विष्टले जन्मदिन मनाएर खर्च गर्ने रकम सामाजिक कार्यमा लगाउन खोजिएको जानकारी दिए।
क्रिकेट रंगाशालालाई एकाउन्न हजार १११ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। यस्तै सुर्खेत उधोग वाणिज्य संघको व्यावसायिक राहत अक्षयकोष कोषलाई पनि समान रकम सहयोग गर्ने उनले बताए। धुर्मुस–सुन्तली फाउण्डेशन र सुर्खेत उद्योग वाणिज्य संघलाई संयुक्तरूपमा दुईलाख दुई हजार २२२ रूपैयाँ सहयोग गर्न लागेको उनले बताए। विष्ट सुर्खेतका चर्चित व्यवसायी हुन्। केही चलचित्रमा समेत अभिनय गरेका विष्टका लोकदोहोरी तथा आधुनिक गीतमार्फत गीतकारको रूपमा परिचित छन्।