पुस २१ । डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ले उछिनेको छ।
‘दबंग ३’ले रिलिज भएको तेश्रो सातामा १५० करोडको व्यपार गरेको छ। तर, ‘गुड न्यूज’ले रिलिजको दोश्रो साता चलिरहँदा नै १५० करोडको व्यपार गरिसकेको छ। यो चलचित्रले दोश्रो साताको शुक्रबार ८।१० करोड, शनिबार ११।७० करोड र आइतबार १४।४० करोडको व्यापार गरेको छ। योसँगै चलचित्रको व्यापार १६२ करोड पुगेको छ। चलचित्रले बक्स अफिसमा २ सय करोड कमाउने अपेक्षा गरिएको छ। यो चलचित्रले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
Facebook Comments





















