काठमाडौं, पुस २० । अभिनेता अनुपबिक्रम शाही र रविन तामाङ दुश्मन बनेका छन्। नयाँ फिल्म ‘कमाण्डर’मा यी दुबै एक अर्काको दुश्मन बनेका हुन्। एलआर विबेक सापकोटाको निर्देशन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा अनुप र रबीनको टक्कर देख्न सकिन्छ।
ट्रेलरसँगै फिल्मको प्रदर्शन मिति माघ १० सार्वजनिक गरिएको छ। फिल्ममा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा रहेको निर्देशक सापकोटाले जानकारी दिए। सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापाको मुख्य अभिनय रहेको छ।
फिल्मको सहनिर्मातामा सावन जंग राना छन्। ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआरको भनाई रहेको छ। फिलममा दिब्य सुवेदीको छायाँकन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ।