पुस १७ । ताइवनमा वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यहाँका सैनिक प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ। ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ताइवानन्यूजले सैनिक हेलिकोप्टरमा ८ जना यात्रुको मृत्यु भएको उल्लेख गरेको छ।
वायु सेनाको युएच–६० एम ब्ल्याक हक हेलिकोप्टर उत्तरी क्षेत्रअन्तर्गत पहाडमा गएर दुर्घटनामा परहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सोंगशानस्थित वायु सेनाको बेसबाट स्थानीय समयानुसार बिहान ७ः५० बजे उडेको हेलिकोप्टर उडेको १० मिनेटमै (बिहान ८ बजेतिर) सम्पर्कविहीन भएको थियो।