काठमाडौं, १६ मंसिर। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ। भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको उनले बताए।
अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन।
Facebook Comments

























