काठमाडौं, १६ मंसिर। एशियाली बौद्धिक अपाङ्ग महासङ्घको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा सुरू हुँदैछ। सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्।
सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले जानकारी दिए। उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधिहरु नेपालमा पनि भित्र््याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए।
यही मङ्सिर २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा ३५० जनाको सहभागिता हुनेछ। सम्मेलनमा १४ देशका प्रतिनिधिले आफ्नो देशमा सुस्त मनःस्थितिबारे भइरहेका जानकारीबारे प्रतिवेदन प्रस्तुत गर्ने उनले जानकारी दिए।
सम्मेलनको अवसरमा पाँच विषयमा ३२ विषय विज्ञसमेतले कार्यपत्र प्रस्तुत हुनुको साथै दुई वटा महासङ्घका बैठकसमेत हुनेछ। बैठकले महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले हस्तान्तरण गर्नेछ। नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो। – रासस














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











