काठमाडौं, ०४ मंसिर। प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएका भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन सुरू गरिएको छ। पञ्चायतकालमा निर्माण गरिएको सो भवन पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो।
नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उक्त भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउन लागेको हो। कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ। गत भदौ १५ गतेदेखि सुरू भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। उक्त भवन नवनिर्माणको लागि करिब ३३ करोड ८० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। – रासस
Facebook Comments


























