काठमाडौं, ०८ मंसिर। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन सोमबार भारततर्फ प्रस्थान गरेका छन्।
औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव भारतको नयाँ दिल्ली पुगेका उनका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव तीन दिन भारतमा रहनेछन्। उनी आगामी मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ।
Facebook Comments


























