पर्सा, २० कात्तिक। वीरगञ्जबाट प्रहरीले एकजना अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ। पर्साको पोखरीया नगरपालिका ८ बस्ने राजकुमार दासलाई गोली हानेर नियन्त्रणमा लिइएको हो। दासको खुट्टामा गोली लागेको छ।
दासको साथबाट अपहरणमा परेका एक बालकको समेत सकुशल उद्धार गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए। गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments